नेपालगञ्जमा साकोस सञ्चालन तथा कानुनी जोखिम ब्यवस्थापन तालिम

बाँके र बर्दिया जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको दुइ दिवसीय सञ्चालन तथा कानुनी जोखिम ब्यवस्थापन तालिम पौष २० गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य मिना सिग्देलको अध्यक्षता र जिल्ला बचत संघका कार्यबाहक अध्यक्ष प्रकाश ज्ञवालीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा नेफ्स्कूनका फिल्ड ब्यवस्थापन उप–समिति सदस्य बिष्णु बहादुर रिमाल, प्रदेश नं ५ का उप–समिति सदस्य नेत्र प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि प्रकाश ज्ञवालीले नेफ्स्कूनद्वारा सञ्चालित सम्पूर्ण तालिममा यस क्षेत्रका साकोसहरु सहभागी भई संस्थाको गुणात्मक विकासमा लाग्न आग्रह गर्दै नेफ्स्कूनले प्रदान गर्ने तालिम साकोसमा व्यवहारिक रहेको र सहभागीहरुले तालिम बाट उच्चतम फाईदा लिई यथाशिघ्र कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउनुभयो ।

अतिथि नेत्र प्रसाद सापकोटाले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दीगो र तिब्र गतिमा अगाडि बढाउन नेफ्स्कूनमा आवद्धता र तालिम तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा साकोसलाई अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो ।

तालिममा बाँके, बर्दियाका २३ ओटा साकोसहरु बाट ३७ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका कार्यक्रम अधिकृत सचिन भट्टराई र सञ्चालन व्यवस्थापन कर्मचारी यम बहादुर डाँगीले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply