नेफ्स्कून साकोस म्यानेजर्स क्लब शुभारम्भ तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा आज काठमाडौंमा नेफ्स्कून साकोस म्यानेजर्स क्लब शुभारम्भ तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

२०६९ सालमा गठित साकोस म्यानेजर्स क्लबका अध्यक्ष चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले सामुदायिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतलाई नेफ्स्कून साकोस म्यानेजर्स क्लबको जिम्मेवारी सहित पद हस्तान्तरण गर्नुभएको हो ।

नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, महासचिव चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष केशव प्रसाद पोख्रेल, सञ्चालक सदस्यहरु दीपक पनेरु, चण्डि प्रसाद शर्मा पौडेल, माधव जोशी, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, संघका विभागीय प्रमुखहरु लगायत विभिन्न सातवटै प्रदेशमा सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका बरिष्ठ उपाध्यक्ष पौड्यालले साकोस अभियानको थिङ्क ट्यांकको रुपमा रहेर अगाडि बढेको यस क्लबले १३ हजार बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकीय नेतृत्वको भूमिका सहित समग्र साकोस अभियानमा माइलस्टोन भएर आफ्नो जिम्मेवारी पुरा गर्न र अभियानको उचाई र गरिमालाई गम्भिरतापूर्वक अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

संघका कोषाध्यक्ष पोख्रेलले नेफ्स्कून साकोस म्यानेजर्स क्लबले समग्र नेपालकोे साकोस म्यानेजर्सहरुको व्यवस्थापकीय क्षमता अभिबृद्धि, ज्ञान सीप हस्तान्तरण, प्राविधिक समूह मार्फत तालिम प्रदान गर्दै अबका दिनमा फराकिलो दायराका साथ साकोस अभियान र यसको व्यवस्थापकीय पक्षलाई अगाडि बढाउन नयाँ टीमलाई शुभकामना प्रदान गर्नुभएको थियो  ।

संघका महासचिव ढकालले साकोस अभियानभित्रका चुनौतीहरुलाई चिरेर अगाडि बढ्न र साकोस अभियानलाई व्यवस्थित गर्ने दिशामा नेफ्स्कून साकोस म्यानेजर्स क्लबको भूमिका उत्कृष्ट रहने विश्वास लिएको बताउनुभयो ।

संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेफ्स्कूनको अभियानलाई स्तरीय बनाउन र संस्थागत वित्तीय दीगोपन कायम राख्न क्लबको पहलकदमी रहनेछ भन्दै अब बचत तथा ऋण सहकारी संस्थामा उद्यमशीलता विकास गर्न नयाँ कार्यक्रमहरु सहित सन् २०२४ सम्ममा साकोस अभियानलाई पूर्ण प्रविधियुक्त बनाएर अगाडि बढ्न रणनीतिक मार्गचित्र तयार गरिएको बताउनुभयो ।

साकोस म्यानेजर्स क्लबका निवर्तमान अध्यक्ष कृष्ण कुमार श्रेष्ठले २०६९ सालमा गठित क्लबका गतिविधिहरुको बारेमा जानकारी गराउँदै नेफ्स्कून साकोस म्यानेजर्स क्लब सञ्चालनका लागि कार्यविधि तयार भएको र अब बैज्ञानिक निर्वाचन प्रक्रियाद्वारा क्लबलाई अगाडि बढाईने बताउनुभयो । यस क्लबले थिंक ट्यांकको रुपमा रहेर राष्ट्रिय नीति निर्माणको तह, नेफ्स्कूनको समग्र विकास, साकोस अभियानमा सकारात्मक परिवर्तन र मानव संशाधन विकासलाई सशक्त बनाउने दिशामा उल्लेखनिय भूमिका रहन सक्ने बताउनुभयो ।

सामुदायिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले नेफ्स्कून साकोस म्यानेजर्स क्लबको संयोजकको रुपमा रहेर कार्य गर्ने अबसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै नेफ्स्कून र समग्र अभियानको अपेक्षालाई कमि आउन नदिने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम समापनको अवसरमा बोल्दै संघका अध्यक्ष डी.बी.बस्नेतले प्रविधि विकासमा प्रतिष्पर्धात्मक रुपले अगाडि बढ्न र वित्तीय प्रतिष्पर्धामा खरो उत्रन थिंक ट्यांकको रुपमा रहेको यस क्लबको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको बताउनुभयो ।

पनौती, काभ्रेस्थित सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतको संयोजकत्वमा नेफ्स्कून साकोस म्यानेजर्स क्लबको एघार सदस्यीय समिति बनेको छ । जसमा हाम्रो जनकल्याण साकोस दोलखाका व्यवस्थापक दीपक बस्नेत, जनचाहना साकोस मोरङका व्यवस्थापक टंक मच्कोटी, नवविकास साकोस रौतहटका व्यवस्थापक यज्ञ प्रसाद प्रसाई, शिखर साकोस सुर्खेतका व्यवस्थापक बसन्ता कुमारी रावत, कोलिय साकोस, रुपन्देहीका व्यवस्थापक विनोद पराजुली, सृजनशिल साकोस बर्दियाका व्यवस्थापक मदन भट्ट, चन्द्रागिरी साकोस, काठमाडौंका व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ, मिलिजुली साकोस सिन्धुलीका व्यवस्थापक, महिला जागरण साकोस मकवानपुरका व्यवस्थापक अनिलकुमार केसी, परोपकार साकोस नवलपरासीका व्यवस्थापक जीवलाल लामिछाने रहनुभएको छ ।

कार्यक्रम सहजीकरण संघका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply