जिल्ला बचत संघ मोरङको अध्यक्षमा सोमनाथ निरौला निर्वाचित

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङको २०७५ पुस १४ गते बेलबारीमा सम्पन्न २५ औं बार्षिक साधारणसभाले सोमनाथ निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष सोमनाथ निरौला (मनकामना साकोस, पथरीशनिश्चरे) को नेतृत्वमा चयन नयाँ कार्यसमितिमा उपाध्यक्ष प्रेमप्रकाश कोइराला (सुनपकुवा साकोस, उर्लाबारी) महिला उपाध्यक्ष बीना राई (अष्टलक्ष्मी साकोस, पथरीशनिश्चरे) सचिव एकराज निरौला (शनिश्चरे साकोस, पथरीशनिश्चरे) सहसचिव कृष्णराज खतिवडा (इटहरा साकोस, रतुवामाई) कोषाध्यक्ष जीवन बस्नेत (समझदारी साकोेस, उर्लाबारी) र लेखा संयोजक विष्णुप्रसाद ओझा (पौरखी साकोस, बेलबारी) निर्वाचित हुनुभएको छ ।

सञ्चालक सदस्यहरुमा पार्वती बराल (दीपज्योति साकोस, बेलबारी), युवराज दहाल (सूर्यज्योति साकोस, सुन्दरहरैंचा) महेन्द्र ढुङ्गाना (सुगम साकोस, विराटनगर) उमेश गुरूङ (जागरुक साकोस, विराटनगर) इच्छा कोइराला (जनएकता साकोस, कानेपोखरी) भारती बराल (सुन्दरपुर साकोस, सुन्ददरहरैंचा) डी.बी.थापा (हाम्रो साकोस, उर्लाबारी) बीरबहादुर घिमिरे (भद्रमारी साकोस, पथरीशनिश्चरे), मनुषा घिमिरे (केराबारी नारीविकास साकोस, केराबारी) सीता लामिछाने (जनमैत्री साकोस, विराटनगर) र तीर्थ कार्की (जनचेतना साकोस, कानेपोखरी) निर्वाचित हुनुभएको छ ।

लेखा सदस्यहरुमा खगेन्द्रप्रसाद सुवेदी (हिमालय साकोस, केराबारी) र घनश्याम ढकाल (समावेशी साकोस, सुन्दरहरैंचा) निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष लगायत पदाधिकारी, लेखा संयोजक र महिला सञ्चालक सदस्य बाहेकको पदमा निर्वाचन भएको थियो ।

साधारणसभाको प्रमुख आतिथ्यता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का अध्यक्ष डी.बी.बस्नेतको रहेको थियो भने विशिष्ट अतिथिहरुमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, नेफ्स्कून महासचिव चन्द्रप्रसाद ढकाल, नेफ्स्कून कोषाध्यक्ष केशबप्रसाद पोखरेल, कानेपोखरी गाँउपालिकाका अध्यक्ष एवम् पूर्व नेफ्स्कून सञ्चालक ताराबहादुर काफ्ले लगायत अतिथिहरु जिल्ला बचत संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, झापा बचत संघका उपाध्यक्ष तुलाराम न्यौपाने, सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाई लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभामा सहकारी अभियन्ता ताराबहादुर काफ्लेलाई सहकारी व्यक्तित्व सम्मानद्धारा सम्मान गरिएको कार्यक्रममा संघका पूर्व उपाध्यक्ष मदन भट्टराई, पूर्व सञ्चालकद्वय कमला मास्के र शोभा खड्कालाई पूर्व सञ्चालक सम्मान गरिएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट संस्थाद्धारा लर्डबुद्ध साकोस, पथरीशनिश्चरे र श्रृष्टि साकोस विराटनगरलाई पुरस्कृत गरिएको थियो । त्यसै गरी उत्कृष्ट कर्मचारी पुरस्कारद्वारा सूर्य साकोस, उर्लाबारीका व्यवस्थापक तिला दहाल, सुन्दरपुर साकोस, सुन्दरहरैंचाका व्यवस्थापक गोपाल देउजा र लालीगुराँस साकोसका बरिष्ठ कार्यालय सहायक अमृत बराल पुरस्कृत हुनुभएको थियो ।

साधारणसभा संघका अध्यक्ष हरिप्रसाद सुवेदीको अध्यक्षतामा र सहसचिव विष्णुप्रसाद ओझाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Source link

Loading...

Leave a Reply