ललितपुरमा वित्तीय विश्लेषण तालिम

नेफस्कून फिल्ड कार्यालय ललितपुरको आयोजनामा वित्तीय विश्लेषण तालिम सम्पन्न भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा पौष २४ गते आयोजित तालिममा ललितपुर जिल्लाका २७ वटा साकोसबाट १० जना महिला र १९ जना पुरुष सहित २९ जनाको सहभागिता रहेको थियो ।

साकोसको वित्तीय अवस्थाको बारेमा यथार्थपरक ढंगले विश्लेषण गरेर मात्र संस्था सञ्चालन गरी पर्ल्सका नीति विधिलाई ख्याल गर्नुगर्ने लगायतका विविध बिषयमा केन्द्रित रही संघका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले तालिम प्रदान गर्नुभएको थियो ।

तालिम समापन समारोहमा संघका फिल्ड उप समिति सदस्य करुणरत्न बज्राचार्यको  अध्यक्षता, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको प्रमुख आतिथ्यता र ललितपुर फिल्ड व्यवस्थापन उप समिति सदस्य विभुषण शाक्यको आतिथ्यता रहेको थियो ।

तालिमको संयोजन तथा सञ्चालन ललितपुर फिल्ड ईन्चार्ज दिनेश गौतमले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply