लेखा व्यवस्थापन तालिम सम्पन्न

नेफ्स्कून तालिम केन्द्रको आयोजनामा संघको तालिम केन्द्र चावहिलमा ४ दिवसिय लेखा व्यवस्थापन तालिम पौष २४ गते सम्पन्न भएको छ । तालिममा विभिन्न १५ वटा साकोस र नेफ्स्कूनमा कार्यरत विभिन्न तहका कर्मचारीहरु सहित २५ जनाको सहभागिता रहेको थियो ।

तालिममा बेताली साकोस, मनि प्लान्ट साकोस, होस्टे हैंसे साकोस, औद्योगिक साकोस, थानकोट महिला जागरण साकोस, ब्राइट साकोस, स्वर्णिम भविष्य साकोस, युगवाणी साकोस, सामुहिक साकोस, ॐ जयबुद्ध साकोस, प्रगति महिला उत्थान साकोस, महिला प्रयास साकोस, मोडेल साकोस र अजम्बरी र अर्थसिद्धि बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधिहरुहरुको सहभागिता रहेको थियो । नेफ्स्कूनमा कार्यरत विभिन्न तहका कर्मचारीहरु पनि उक्त तालिममा सहभागी हुनुभएको थियो ।

तालिम समापन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, निबर्तमान कोषाध्यक्ष नानी बाबु बुढाथोकी, तालिम केन्द्रका प्राचार्य संजय राज तिमिल्सिनाको उपस्थिति रहेको थियो । पौष २१ देखि २४ सम्म सञ्चालन भएको उक्त तालिमको सहजीकरण संघका तालिम अधिकृत कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply