उद्यम प्रबर्द्धन राष्ट्रिय कार्यशाला गोष्ठी आजदेखि शुरु

राष्ट्रिय सहकारी महासंघको आयोजना र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा सहकारी उद्यम प्रबर्द्धन राष्ट्रिय कार्यशाला गोष्ठी आजदेखि काठमाडौंमा शुरु भएको छ । गोष्ठीको उद्घाटन प्रमुख अतिथि अर्थमन्त्री माननीय डा. युवराज खतिवडाले गर्नुभयो ।

दुई दिन सम्म सञ्चालन हुने उक्त गोष्ठीले सहकारी संघ/संस्थाहरुमार्फत उद्यमशिलताको प्रबर्द्धन गर्न विद्यमान कानुनमा भएको व्यवस्था, सहकारीमार्फत लघुउद्यम प्रबर्द्धन, सहकारी सहकारी बीचको व्यवसाय विकासका लागि प्रभावकारी आपूर्ति श्रृंखलामार्फत सहकारी संघ/संस्थाको व्यवसाय बृद्धि गरी सन् २०३० सम्मको दीगो विकास लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रको योगदानलाई बृद्धि गर्ने उद्देश्य लिएको छ ।

Source link

Loading...

Leave a Reply