काठमाडौं जिल्ला बचत संघ (कास्कून) को नेतृत्व दीपक पनेरुको अध्यक्षतामा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य एवम् प्रदेश नं.३ का संयोजक श्री दीपक पनेरु काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघमा अध्यक्ष पनेरुको नेतृत्वसहित उपाध्यक्ष नवराज अर्याल, सचिव शालिकराम पुडासैनी, कोषाध्यक्ष निरञ्जन सेढाई, लेखा सुपरिवेक्षण समिति संयोजक सुवासचन्द्र घिमिरे, सञ्चालक सदस्यहरु अनिता अधिकारी, विनिता अधिकारी, सीमा पुरी, देवनारायण चौलागाईं, लेमन श्रेष्ठ, पुरुषोत्तम नेपाल, राजकुमार खड्का, ईश्वर सुनार, तारानाथ सापकोटा, विरेन्द्र भण्डारी, रीता श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति सदस्यहरुमा गोमा ढुंगाना र श्रीराम सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

सहकारी अभियन्ता दीपक पनेरुको नेतृत्वमा निर्वाचित कास्कूनको सिङ्गो टिमलाई नेफ्स्कून परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

Source link

Loading...

Leave a Reply