भक्तपुर । “चकटी हैन पिर्कामा” माथी त लेकाली खर्कमा मकै त खाने बनमार बोलको सेलो सार्वजनिक भएको छ ।
सिन्दुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्वर ७ दुवा चौरमा जन्मनु भएका गायक ओम वाईबा सेलो गीत संगीतका क्षेत्रमा निकै चर्चामा रहनुभएको छ ।

उहाँको हाल सालै चकटी हैन पिर्कामा बोलको गीत युट्युवमा सार्वजनिक भएको छ ।
तामाङहरुको नयाँ बर्ष ल्होछारको अवसर पारी सार्वजनिक भएको उक्त सेलोमा ओम तामाङ वाईबाको स्वर रहेको छ भने आस्मान लोप्चनको रचना तथा संगीत समेत उनकै रहको छ ।

दिपेश प्रधानको संगीत संयोजन रहेको गीतको भिडियोमा ओम तामाङ वाईबा र अनुष्का दोङको अभिनय देख्न सकिन्छ ।
सेलोमा अनिल गोलेको नृत्य निर्देशन,बज्र न्यसुरको छायाङकन सूर्य लामाको सम्पादन रहेको छ ।

Loading...

Leave a Reply