मानामा बहराइन । मञ्जुश्री सम्बत २८५५ फाग ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा नेपाली कलाकारहरुका साथ बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
तामाङ सेवा समाज बहराइनले आफ्नो घर्म संस्कृति कला अनी परम्परालाई निरन्तरता दिने क्रममा ल्होछारको अवसर पारी बृहत साँस्कृति कार्यक्रम गर्ने भएको छ ।

सोनाम ल्होछारलाइ रंगिन एबं मनोरन्जनात्मक बनाउन नेपालबाट उद्घोषिका तथा मोडल स्मारिका थिङ, गायक तथा संगितकार विशाल काल्तान तामाङ,मोडल तथा नृत्याङ्गना रुपा एस घले तामाङले आआफ्नो प्रस्तुती दिनुहुने समाजका सोनाम दोङले जानकारी दिनुभयो ।

नेपाली क्लब बहराइन र नेपाल आदिबासी जनजाती महासंघ बहराइनको विशेष सहयोग र मगर संघ बहराइन,तमु समाज बहराइन,किराँत याक्थुम चुम्लुङ बहराइन,किराँत राई यायोख्खा बहराइन र शेर्पा किदुङ बहराइनको सहयोग उक्त बृहत साँस्कृति कार्यक्रम आयोजना गर्न लागेको दोङले जनाउनुभएको छ । उहाँका अनुसार उक्त ल्होसार कार्यक्रममा बहराइनमा रहेका विभिन्न कृयासिल संघ संस्थाहरुको प्रत्येक्ष सहयोग रहने समेत उहाँले बताउनुभयो ।

आउँदो फेब्व्रअरी ८ तारिख शुक्रबारको दिन बहराइनको राजधानी मानमा स्थित डेल्मुन होटलको प्रांगणमा उक्त कार्यक्रम हुन लागेको छ । कार्यक्रममा तामाङ अनी विभिन्न जनजातीको परम्परा अनुसार लामा धर्म गुरु ज्युहरूबाट पुजापाठ गरि २८५४ खि(नागी) ल्हो लाई बिदाइ गर्दै २८५५ फाग (ड्वा)ल्हो लाई स्वागत गरि शुभकामना आदानप्रदान साथै बिबिध साँस्कृतिक धमका हुने आयोजकले जनाएका छन् ।

Loading...

Leave a Reply