पर्वतमा कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला (PALM)

नेफ्स्कूनको प्राविधिक सहयोग र नेष्डो बचत तथा ऋण सहकारी संस्था लि. पर्वतको आयोजनामा आयोजित जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन (Credit Union Risk Based Supervision) कार्यक्रम अन्तरगतको दोश्रो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला PALM माघ १७ गते सम्पन्न भएको छ ।

आयोजक संस्था नेष्डो साकोसका अध्यक्ष बिश्व प्रकास प्रशाईले नेफ्स्कूनका कार्यक्रमहरुले सहकारीहरुलाई नीति, विधि र सुशासनमा हिडाउन सहयोग पुर्याउने हुँदा सम्पूर्ण संस्था यस्ता कार्यक्रममा सहभागी हुनुपर्ने भनाई राख्दै अन्य सहकारीहरुले के गरे कसो गरे भन्दा पनि आफ्नो संस्था नीति, बिधि र ऐन अनुरुप सञ्चालन गरी सहकारीलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अन्तमा सहभागीको तर्फबाट बोल्दै जनएकता साकोसका उपाध्यक्ष संजय कुमार खत्री तथा महिला हित साकोसका सचिब शान्ति ज्ञवालीले नेफ्स्कूनको कार्यक्रमबाट साकोसमा भएको अंक गणितीय समस्या तथा नीतिगत समस्या समाधान गरी सहकारीको बुझाईमा परिवर्तन ल्याउन सहयोग पुगेको बताउदै अब सहकारी सहकारीले पनि आपसमा सहकार्य गरेर अगाडी बढ्न जोड दिनुभयो । कार्यक्रम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत नबराज काफ्लेले गर्नुभएको थियो ।

कार्यक्रममा CURBS मा आबद्ध बाग्लुङ र पर्बत जिल्लाका प्रारम्भिक साकोसका CURBS कार्यदलका संयोजक र ब्यवस्थापकको सहभागिता रहेको थियो ।

Source link

Loading...

Leave a Reply