मोरङमा व्यवस्थापकहरुद्वारा साकोस अध्ययन अवलोकन भ्रमण

मेची कोशी क्लष्टरमा आवद्ध मोरङ र सुनसरी जिल्लामा सञ्चालित साकोस व्यवस्थापकहरुको टोलीले माघ २५ गते मोरङका ४ साकोसको एकदिवसिय अध्ययन अवलोकन भ्रमण गरेका छन् । व्यवस्थापकहरुको टोलीले नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका कार्यक्रम एक्सेस र प्रोबेशनमा आवद्ध मोरङका दाम्राभिट्टा साकोस, ईटहरा साकोस, कञ्चनजङ्घा साकोस र सुनपकुवा साकोसको अवलोकन भ्रमण गरेका थिए ।

भ्रमणबाट संस्थाका गतिविधिहरुको वृहत तथा सूक्ष्म अध्ययन र अन्तरक्रियाले उपलब्धीमूलक सिकाई हासिल हुनुका साथै साकोस अभियानको नविनतम प्रयास आदान प्रदान भएको महिला साकोस, ईटहरीका व्यवस्थापक पुष्कर बस्नेतले बताउनुभयो ।
व्यवस्थापकहरुको साकोस अध्ययन भ्रमण नेपालकै पहिलो भ्रमण भएको र यस प्रकारकोे भ्रमणले सिकाइ उपलब्धी प्रभावकारी हुनेहुँदा जिल्ला भरीका व्यवस्थापकहरु छनोट गरी बार्षिक अथवा अर्थबार्षिक रुपमा विभिन्न जिल्लाका गुणस्तरीय साकोसहरुको भ्रमणलाई निरन्तरता दिनुपर्ने जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङका व्यवस्थापक केदारनाथ दुलालले बताउनुभयो ।

मेची कोशी क्लष्टरको आयोजनामा सम्पन्न उक्त भ्रमणमा जिल्ला बचत संघ मोरङका व्यवस्थापक केदारनाथ दुलाल, जनचाहना साकोस, लेटाङका व्यवस्थापक टंकबहादुर मच्कोटी, लेटाङ साकोस लेटाङका व्यवस्थापक रामकुमार दाहाल, सुन्दरपुर साकोस सुन्दरहरैंचाका व्यवस्थापक गोपाल देउजा, गछिया साकोस सुन्दरहरैंचा व्यवस्थापक हिराचन्द्र पोखरेल, जनकल्याण साकोस दुहवीका व्यवस्थापक मनोज सुतियार, महिला साकोस ईटहरीका व्यवस्थापक पुष्कर बस्नेत, कञ्चनजंघा साकोसका व्यवस्थापक युवराज सिग्देल, प्रगति साकोस सुनसरीका व्यवस्थापक श्रवण कुमार चौधरी, अष्टलक्ष्मी साकोस पथरीशनिश्चरेका व्यवस्थापक विमला घिमिरे, विन्दवासीनी साकोस ईटहरीका व्यवस्थापक डिल्ली प्रसाद आचार्य र शुभलाभ साकोस इटहरीका व्यवस्थापक कमल घिमिरेको सहभागिता रहेको थियो ।
भ्रमणलाई जिल्ला बचत संघ मोरङका व्यवस्थापक केदारनाथ दुलाल र म्यानेर्जस क्लबका सदस्य टंकबहादुर मच्कोटीले समन्वय गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply