शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं : शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन्। दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ। यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो। यस्तै बाँसबारी भने पुल्चोक स्पोर्टस् क्लबसँग पराजित भएको थियो। आजै हुने दोस्रो खेलमा झम्सिखेल युथ र नयाँबस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

Source link

Loading...

Leave a Reply