मोरङमा CURBS प्रथम ब्याचको PALM कार्यशाला

लर्डबुुद्ध साकोस मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मोरङमा CURBS कार्यक्रममा आबद्ध प्रथम व्याचका साकोसहरुको प्रथम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला माघ २६ गते सम्पन्न भएको छ । कार्यशालामा प्रथम व्याचमा आबद्ध मोरङका ८ बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक सदस्य गोमा नेपालले उक्त कार्यशाला उद्घाटन सत्रमा बोल्दै नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका कार्यक्रम आबद्धताले साकोसको गुणस्तर सुधार र दीगो विकासमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यशालामा विशिष्ट अतिथि पथरी शनिश्चरे वडा नं.२ का वडा अध्यक्ष र नगरपालिकाका प्रवक्ता याम प्रसाद गुरागांईले यस कार्यक्रममा सबै साकोसहरुलाई नियमन निकाय मार्फत ल्याई साकोसहरुको जोखिम नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने र साकोसको स्तर उन्नतिमा मद्दत्त गर्ने बताउनुभयो ।
कार्यशालामा जोखिम कम गर्ने उपाय, ऐन, नीति नियम, जोखिममा आधारित साकोस सुपरिवेक्षण निर्देशिका, साकोसमा कर्जा प्रोभिजन लगायतका विषयमा छलफल भएको थियो । त्यसैगरी ८ वटै साकोसहरुले प्रस्तुत गर्नुभएको संस्थाको पल्र्स तथा संस्थाको प्रस्तुतीकरण पश्चात सकारात्मक र सुधारात्मक पक्षहरुबारे पनि छलफल भएको थियो ।

कार्यशालामा न्यु कंचन साकोस, शनिश्चरे साकोस, जय भगवती साकोस, दिदीबहिनी साकोस, नारी श्रृजना साकोस, महिला उत्थान साकोस र नवश्री साकोस र आयोजक लर्डबुद्ध साकोस गरी ८ वटा साकोसका प्रतिनिधिहरु र अथितिहरु गरी ३२ जनाको सहभागिता रहेको थियो ।

कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply