भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता

 काठमाडौं  । भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले सोमबार भारतसँग खेल्दैछ ।कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ सात बजेबाट सुरू हुनेछ ।

पहिलो खेलमा म्यानमारसँग तीन शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिन लागेको हो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहीन छ । यता भारत पनि नेपालविरूद्द जहिले पनि हावी हुँदै आएको छ । सो दबावलाइ निरन्तरता दिन चाहन्छ । आज नेपाल पराजित भएमा उपाधिको यात्रा समाप्त जस्तै हुनेछ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रकाशित मितिः २०७५ माघ २८ सोमबार

Source link

Loading...

Leave a Reply