धनुषामा प्रोवेशन कार्यक्रम अन्तर्गतको PALM कार्यशाला सम्पन्न

शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. धनुषाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) मध्य तराई क्लष्टर तेस्रो (मिथिला) को कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला PALM शनिबार सम्पन्न भएको छ ।

आयोजक संस्थाका अध्यक्ष बिजय कुमार महत्तोको अध्यक्षतामा सम्पन्न कार्यशाला उद्घाटन सबैला न.पा., धनुषाका मेयर बिजय शंकर शाहले गर्नुभएको थियो । कार्यक्रममा सबैला न.पा. १२ नं. वडाका वडाध्यक्ष प्रदिप महत्तो र नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुधिर पाण्डेको विशेष आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि विजय शंकर शाहले यस धनुषा सबैला नगर क्षेत्र भित्र धेरै सहकारी संस्थाहरु रहेको र सहकारी मार्फत ठूलो रुपमा पूँजी संकलन भएर पनि उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गर्न नसकेका कारण यस क्षेत्रका युवाहरु कामको खोजीमा खाडि मुलुक जानुपरेको यथार्थलाई उजागर गर्दै अबका दिनमा स्थानीय श्रोत साधनलाई स्थानीय क्षेत्रमानै प्रत्यक्ष रुपमा परिचालन गरी उद्योग, कलकारखाना, व्यापार व्यवसाय, मार्फत प्रत्यक्ष रुपमा रोजगारी सिर्जना गरी स्थानीय तहको विकासमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।

कार्यमक्र समापनको अवसरमा बोल्दै संस्थाका अध्यक्ष विजय कुमार महतोले नेफ्स्कूनमा आबद्ध भएर नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी भएपश्चात साकोस सञ्चालनका जोखिमहरुको पहिचान गर्न र जोखिम न्यूनिकरणका उपायहरु पहिल्याउन सहज भएको बताउनुभयो । क्लष्टरमा आवद्ध सम्पूर्ण साकोसहरुलाई निरन्तर प्रोवेशन मार्गदर्शन अनुरुप साकोस सञ्चालन गर्न आग्रह गर्दै यस क्षेत्रमा सहकारीको प्रर्बद्धन, विकास र अनुगमन व्यवस्थापनका लागि तत्काल यस नगर क्षेत्रको आफ्नै सहकारी ऐन निर्माण गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्लष्टरमा आबद्ध ८ सहकारी संस्थाका प्रतिनिधि र अन्य सहभागीहरु गरी २६ जनाको सहभागिता रहेको थियो । क्लष्टरमा आवद्ध साकोसहरुमा बडहरु साकोस, साथी साकोस, बर्दिबास साकोस, जानकी साकोस, मिलिजुली साकोस, संस्कार साकोस, शुभारम्भ साकोस, शुभश्री साकोस रहेका छन् । कार्यक्रम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत दीपक प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply