भक्तपुरमा चाँगुपत्र

भक्तपुर । भक्तपुरको पत्रकारिता क्षेत्रका नयाँ एवं फरक सोचका साथ चाँगुपत्र मासिक सुरु भएको छ ।

स्थानीयतह, शिक्षा, स्वास्थ्य, सहकारी, विकास निर्माण तथा स्थानीय विषय बस्तुलाई प्राथमिकता दिएर पत्रिका प्रकाशनमा ल्याएको प्रकाशक निशा लागेजूले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाम्रो दैनिक जनजिवनमा भएका समस्या र यिनका निराकरणको उपायलाई प्रमुख प्राथमिकताका साथ पत्रिका प्रकाशनमा ल्याइएको उहाँको भनाई छ ।

पत्रकारिता क्षेत्रमा फरक सोच र विचारका साथै सञ्चार क्षेत्रमा योगदान दिने उद्देश्यले पत्रिका प्रकाशन सुरु गरिएको जनाउँदै उहाँले सूचनाको हकलाई प्रत्याभूति गर्न र सञ्चारलाई जनताको तह सम्म पुर्याउने पहलका साथ पत्रिका प्रकाशनमा आएको बताउनुभयो ।

प्रकाशनमा आएका पत्रिकाको सम्पादक भने हरिशुन्दर छुकाँ रहनुभएको छ ।

The post भक्तपुरमा चाँगुपत्र appeared first on Chhatapost.

Source link

Loading...

Leave a Reply