स्वस्थ साकोस निर्माणका लागि पर्ल्स तालिम

सर्लाही जिल्ला बचत संघका अध्यक्ष तथा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य बाबुराम घिमिरेले पर्ल्स अनुगमन प्रणाली तालिमले सहकारी संस्थाको स्वास्थ्य परीक्षण गर्न सहयोग पुग्ने बताउँदै तालिममा सिकेको कुरा संस्थामा लागु गर्न र नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रममा सहभागी भएर संस्थालाई बलियो बनाउन आग्रह गर्नुभएको छ ।

नेफस्कून फिल्ड कार्यालय सर्लाही हरिवनको आयोजनामा हरिवनमा सञ्चालित त्रि दिवसीय पर्ल्स अनुगमन प्रणाली तालिम उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष घिमिरेले संस्थालाई बलियो बनाउन, संस्थाको शेयर र कारोबार बृद्धि गर्न र गुणस्तर सुधारमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

कार्यक्रम समापनको अवसरमा सहाभागीको तर्फबाट बोल्दै रामराजा कार्की र मञ्जु मैनालीले नेफ्स्कूनको तालिमबाट निकै उर्जा प्राप्त भएको र तालिमबाट सिकेको कुरा तत्काल संस्थामा लागु गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

तालिममा रौतहट, सर्लाही र महोत्तरी जिल्लामा सञ्चालित २७ वटा बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक सदस्य र व्यवस्थापनबाट गरी ३० जनाको सहभागिता रहेको थियो ।

माघ २२ देखि २४ गतेसम्म सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत केशव प्रसाद दाहालले गर्नुभएको थियो भने आवश्यक समन्वय नेफ्स्कून फिल्ड कार्यालय हरिवनका कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नु भएको थियो ।

Source link

Loading...

Leave a Reply