गैरसरकारी संघसंस्थाको आर्थिक सहयोग बिना नै ताथलीलाई सफाइको नमूना बनाउने-वडा अध्यक्ष गणेश त्यात

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीलाई सुन्दर र पूर्ण सफाइयुक्त वडा बनाउन सरसफाइ अभियान सुरु भएको छ ।
बागमती सफाइ अभियानको ३ सयऔं हप्ता सकिएको अवसरमा चाँगुनारायण नपा वडा नंं ९ को आयोजनामा भएको सफाइ अभियानको उद्घाटन वडा अध्यक्ष गणेश त्यातले गरेका थिए ।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका जोड्ने पुल चोकन्तिला पुल छेउमा बिजुलीको खम्बामा  थुन्से झुण्ड्याएर सफाइ अभियानको उद्घाटन गरिएको थियो ।
च्याम्हासिँह–ताथली–नाला सडक सफाइबाट ताथलीमा सफाइ अभियान सुरु भएको घोषणा गर्दै वडा अध्यक्ष त्यातले कुनै गैरसरकारी संघसंस्थाको आर्थिक सहयोग बिना नै ताथलीलाई सफाइको नमूना बनाउने जानकारी दिए ।
उनले बागमती सफाइको अभियानलाई सफल बनाउनका लागि पहिला मुहान सफा हुनुपर्ने बताउँदै ताथलीबाट बगेर गएको पानी पनि बागमतिमै पुग्ने भएकाले मुहानको सफाइ जरुरी रहेको बताए ।

The post गैरसरकारी संघसंस्थाको आर्थिक सहयोग बिना नै ताथलीलाई सफाइको नमूना बनाउने-वडा अध्यक्ष गणेश त्यात appeared first on Chhatapost.

Source link

Loading...

Leave a Reply