महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उत्कृष्ट संस्था नै सहकारी ः सहकारी मन्त्री विनिता चौधरी - नेफ्स्कून खबर

सूदुरपश्चिम प्रदेश सहकारी मन्त्री विनिता चौधरीले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सोमबार धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरिय सहकारी महिला गोष्ठी २०७५ को उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री चौधरीले सहकारी नै उत्कृष्ट संस्था हो जसले महिलाहरुको अधिकार, महिला सशक्तिकरण, महिला उद्यमशिलता र महिलामा नेतृत्व विकास गर्ने पक्षमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा सहकारीमा सदस्यको रुपमा मात्र रहेका महिला दिदीबहिनीहरुलाई अगाडि बडाउन, उद्यमशीलता प्रबद्र्धन गर्न र सहकारीमा महिलाहरुको नेतृत्वदायी भूमिका स्थापित गराउने पक्षमा कार्य गर्न मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।”

नेफ्स्कूनका सञ्चालक सदस्य एवं महिला उपसमिति संयोजक शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा संघका महासचिव चन्द्र प्रसाद ढकाल, सञ्चालक सदस्य माधव प्रसाद जोशी, सुदूरपश्चिम प्रदेशका प्रमूख सचेतक माननीय तारालामा तामा¨, प्रदेश सभा सांसद सदस्यहरु लालबहादुर खड्का, शुशिला बुढाथोकी, माया तामाङ, सहकारी विज्ञ तथा नवजिवन सहकारी संस्थाका उपाध्यक्ष डा. गोविन्द जोशी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवं महिला उपसमिति सदस्य विजया धिताल, सदस्य शिवा थापा लगायत सूदुर पश्चिम प्रदेशका ८ जिल्लाका १२२ जनाको सहभागिता रहेको थियो ।

गोष्ठी उद्घाटन सत्रमा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामा¨ले सहकारीमा सुशासनको पाठ नेफ्स्कूनबाट सिक्न अनुरोध गर्दै यस्ता गोष्ठी तथा कार्यक्रमले सहकारीमा आवद्ध महिलाहरुको सशक्तिकरण गर्न सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो । जुन प्रदेशमा सहकारीको विकास भएको छ सो प्रदेश तुलनात्मक रुपमा सबृद्ध भएको उदाहरण प्रस्तुत गर्दै सदस्य तामाङले प्रदेश सभाले भर्खरै मात्र सहकारी ऐन जारी गरेको छ, अब सहकारी क्षेत्रको विकास र प्रबर्द्धनमा सम्पूर्ण सरोकार पक्ष दृढ भएर लाग्न अनुरोध गर्नुभयो ।

त्यसैगरी सो उद्घाटन सत्रमा प्रदेश सभाका माननीय सांसदहरु लालबहादुर खड्का, शुशिला बुढाथोकी र माया तामा¨ले गोष्ठीको सफलताको शुभकामना साथै ऐक्यवद्धता जायर गर्नु भएको थियो ।

नेफ्स्कूनका महासचिव चन्द्र प्रसाद ढकालले नेफ्स्कूनले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रम, तालिम तथा शिक्षा लगायत विविध गतिविधिहरुको बारेमा जानकारी गराउदै स्वस्थ र दीगो सहकारी निर्माणमा एकबद्ध भएर लाग्न अनुरोध गर्नुभएको थियो ।

गोष्ठीमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका शाखा अधिकृत सुरेशप्रसाद जैसीले सुदूर पश्चिम प्रदेशमा सहकारी विकासको अवस्था र महिला सहभागिता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो सत्रको अध्यक्षता कैलाली जिल्ला बचत संघका अध्यक्ष शिवा थापाले गर्नुभएको थियो ।

दोश्रो सत्रमा नेफ्स्कून सञ्चालक सदस्य शान्ति अधिकारीले सहकारीमा महिला सहभागिता र लगानी प्रबर्द्धन विषयक कार्यपत्र प्रस्तुत गर्नभएको थियो ।

त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका सहायक प्राध्यापक दिप्ती शाहीले महिला सशक्तिकरणका लागि महिला उद्यमशिलताका अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो सत्रको अध्यक्षता नेफ्स्कून सञ्चालक माधव प्रसाद जोशीले गर्नुभएको थियो ।

आर्थिक, सामाजिक, राजनीतिक रुपले पछाडि परेका महिला बर्गहरुको उत्थान, जागरण, सशक्तिकरण र महिला नेतृत्व विकासका लागि सहकारी निर्विकल्प माध्यम भएको ठहर गर्दै गोष्ठीका सहभागीहरुले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि आयोजना गरिएको महिला गोष्ठी फलदायी भएको बताएका थिए ।

गोष्ठी सफलतापूर्वक सपन्न भएकोमा खुसी व्यक्त गर्दै गोष्ठीका सहभागी महिलाहरुले विभिन्न विषयमा प्रस्तुत कार्यपत्रहरुबाट धेरै कुराहरु जान्ने अवसर मिलेको बताउनुभएको थियो ।

Source link

Loading...

Leave a Reply