काठमाडौं । पाँच अलग अलग विद्यामा निर्माण भएका चलचित्रका साथ तेस्रो तामाङ चलचित्र महोत्सब काभ्रेको भकुण्डेमा आयोजना हुने भएको छ । मंगलवार राजधानीमा तामाङ चलचित्र संघले पत्रकार सम्मेलन गर्दै काभ्रेको भकुण्डेमा आगामी चैत २९,३० र २०७६ बैशाख १ गते महोत्सव आयोजना हुन लागेको तामाङ चलचित्र संघले जानकारी दिएको छ ।
पहिलो र दोस्रो चलचित्र महोत्सव मकवानपुरको हेटौंडामा सम्पन्न गरेको तामाङ चलचित्र महोत्सब यो पटक भने काभ्रेको भकुण्डेबेसीमा हुन लागेको तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले जानकारी दिनुभयो । हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान भन्ने मुल नाराका साथ तेस्रो चलचित्र महोत्सब पाँच चलचित्र प्रर्दशनी गर्दै मनाईने उहाँले जानकारी दिनुभयो । अध्यक्ष थोकरका अनुसार विभिन्न विद्यामा निर्माण भएका पाँच चलचित्रका साथ महोत्सवमा पुराना चलचित्र एवं नयाँ चलचित्रका विचमा आएका भिन्नता अनी हामीले सुधार गर्नुपर्ने विषयमा पनि छलफल हुने साथै नयाँ ढंगबाट चलचित्र विकासमा कसरी टेवा पुञ्याउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया पनि हुने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा तम्बा, बोन्बो, लामा प्रदर्शन, तामाङ चलचित्रके सिडी भि.सि.डि. प्रदर्शन, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूद्वारा साँस्कृतिक प्रस्तुती, तामाङ पहिचान झल्कने स्टलहरू, बुद्दचित्त माला प्रदर्शन, तामाङ मौलिक खाना,तामाङ ड्रेस प्रदर्शन हुने आयोजकले जनाएको छ ।

Loading...

Leave a Reply