काठमाडौं । गायक तथा संगीतकार सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

काठमाडौंको बानेश्व्वरमा आयोजित पत्रकार सम्मेलन तथा भिडियो सार्वजनिक कार्यक्रम बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

गायक सुनिल लामाकै संगीत रहेको उक्त गीतका रचनाकार भने समिर लामा हुनुहुन्छ । बरिष्ट संगीतकार शिलावहादुरको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोको कोरियोग्राफी, सम्पादन र निर्देशन अजय स्याङतानको रहेको छ भने थोकर फिल्मस् प्रा.लिको पोष्ट प्रोडक्सनमा उक्त गीत बजारमा आएको हो ।

Loading...

Leave a Reply