राजधानीमै गुड्छन् भ्वाङ परेका बस, यात्रुलाई सास्तीसँगै दुर्घटनाको उच्च जोखिम

काठमाडौं : नयाँ वर्षको अघिल्लो दिन। ललितपुरको भैँसेपाटीदेखि काठमाडौंको रत्नपार्क आउँदै गरेको माइक्रोबस यात्रुले खचाखच भरिएको थियो। मुस्किलले खुट्टा मात्रा राख्न मिल्नेगरी। गाडीका सहचालकले खोरमा भेडाबाख्रा कोचेजस्तै बसमा यात्रु कोच्दै थिए। भैँसेपाटीबाट करिब साढे १२ बजे हिँडेको बसको यात्रा नख्खु आइपुग्दासम्म यस्तै असहज थियो। बस रोकिँदा यात्रु आगाडि र बस गुड्न सुरु गर्दा पछाडि धकेलिन्थे। जसका कारण यात्रु महिला वा पुरुष जुनकुनै भए पनि उनीहरूको शरीरिक आपसमा घर्षण हुन्थे।

Source link

Loading...

Leave a Reply