बंगलादेशलाई ऐतिहासिक त्रिदेशीय सिरिज

काठमाडौं । बंगलादेशले पहिलो पटक त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ । शुक्रबार राति वर्षाले प्रभावित खेलमा वेष्ट इण्डिजलाई डिएल पद्दतिमा ५ विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । योसंगै बंगलादेशले पहिलो पटक त्रिदेशीय सिरिजको उपाधि जितेको छ ।

आयरल्याण्डको वाल्टनमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २४ ओभरमा १ विकेट गुमाएर १५२ रन बनाएर खेलिरहदा वर्षाले खेल रोकिएको थियो ।

वर्षाले खेल रोकिनु अघि वेष्ट इण्डिजका लागि शाई होपले ७४ तथा सुनिल वाल्फोर्डले अविजित ६९ रन बनाएका थिए । त्यसपछि बंगलादेशले डिएल पद्दतिको आधारमा २४ ओभरमा २१० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य बंगलादेशले २२ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको जितमा सोम्य सरकारले ६६ रन जोड्दा मोसाडेक होसेनले अविजित ५२ रन जोडे । निकै आक्रामक ब्याटिङ होसेनले २४ बलमा अर्धशतक बनाए । वेष्ट इण्डिजका शनोन गाब्रियल र रेमोन रेइफरले समान २र२ विकेट लिए ।

प्रकाशित मितिः २०७६ जेठ ४ शनिबार

Source link

Loading...

Leave a Reply