आर्मीको जित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा नवौं जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लबलाई ७५-६१ स्कोरले पराजित गर्दै आर्मीले नवौं जित निकालेको हो ।

आर्मीको जितमा आयुस सिंहले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका उनले १३ स्कोर जोडे । जितसंगै आर्मीले १० खेलबाट १९ अंक जोडेको छ । गोल्डेनगेटको १० खेलबाट १५ अंक रहेको छ ।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल ९पिडिसिएन० को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार

Source link

Loading...

Leave a Reply