मकवानपुरमा साकोस एकीकरण कार्यशाला

जेष्ठ ९, मकवानपुर
नेफ्स्कून फिल्ड कार्यालय मकवानपुर र जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको संयुक्त आयोजनामा आज हेटौंडामा साकोस एकीकरण कार्यशाला सम्पन्न भएको छ ।


कार्यक्रममा अतिथि, कर्मचारी र साकोस प्रतिनिधिहरु गरी ७५ जनाको सहभागिता रहेको थियो । कार्यशाला गोष्ठीमा सहभागी साकोसकर्मीहरुले साकोस एकीकरणका लागि जेष्ठ ११ र १३ गते एकीकरण भेलाको आयोजना गरी ३३ साकोस एकीकरण गर्ने निर्णय सहित ७ सदस्यीय कार्यदल गठन गरेका छन् ।

एकीकरणका लागि जिल्ला बचत संघ मकवानपुर र नेफ्स्कूनबाट सहजिकरण गरिने र सुपरिवेक्षणको काम नेफ्स्कूनको हुने जानकारी गराईएको थियो ।

Source link

Loading...

Leave a Reply