वागेश्वरी कलेजका ३६ बिद्यार्थीले गरे सामाजिक अवलोकन भ्रमण

काठमाडौं । वागीश्वरी कलेजमा बि ए अध्ययनरत बिद्यार्थीहरुले सामाजिक कार्य अवलोकन भ्रमण गरेकाछन् ।


३६ जना बिद्यार्थीको टोलीले फर्पिङको शिखरापुर सिकाई केन्द्रमा सामाजिक कार्य अवलोकन भ्रमण अन्र्तगत बोटल हाउस, माटो कसरी मुछ्ने, बाँसको टहरा कसरी निमार्ण गर्ने र बोटल हाउसको सिसा सफाई गरेका हुन् ।

उक्त अवलोकन भ्रमण अन्र्तगत त्यस क्षेत्रमा आर्गनिक खेती कसरी गरिन्छ भन्ने बारे जानकारी लिएको भ्रमणमा सामेल श्रृष्टी सुकुभट्टुले बताईन् । उनले भनिन्, अध्ययनलाई कितावमै सिमित पार्नु भन्दा यसरी ब्यवहारिक रुपमा आफैले अवलोकन र काम गर्न पाउँदा अध्ययन गरिएको बिषय कसरी लागू गर्न सकिन्छ भन्ने जानकारी पाउन सकिँदो रहेछ । किसानहरुले कसरी आर्गनिक खेतीलाई निरन्तरता दिइरहेका छन् र यसरी उत्पादन गरिएको बस्तु स्वास्थ्यका लागि कति लाभकारी रहेको छ भन्ने जानकारी पाएको उनले बताईन् ।

अवलोकन भ्रमणकी अर्की सदस्य सिर्जना खत्री भन्छिन्, बोटलको घर कस्तो हुन्छ भन्ने जानकारी पाँए । उक्त क्षेत्रमा अवलोकन गर्दा थोपा सिँचाई कस्तो हँदोरहेछ भन्ने समेत जानकारी पाँए । अवलोकन भ्रमण पश्चात काम सानो भनेर हेला गर्नु हुँदो रहेन छ सानो सानो कामलाई आत्म बिश्वासका साथ गर्ने हो जीवन निर्वाह सहजै चलाउन सकिँदो रहेछ भन्ने जानकारी पाएको उनले बताईन् ।
बिद्यार्थीहरुले यसरी गरिने अवलोकन भ्रमणले समाजमा भइरहेका बिभित बिषयबारे बिद्यार्थीहरुले जानकारी पाउन सक्ने र यसले जीवन उपयोगिता बारे जानकारी दिने बताए ।

  • सदिक्षा न्हेम्हाफुकी

प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार

Source link

Loading...

Leave a Reply