चितवनका साकोसकर्मीहरुबीच कर व्यवस्थापन तालिम

नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा नवलपुर र चितवनका साकोसकर्मीहरुबीच १ दिवसीय कर व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा नवलपुर र चितवनमा सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी ३८ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक सदस्य एवं पर्सा फिल्ड कार्यालयका संयोजक भरतप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन सत्रमा चितवन जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यता, चितवन फिल्ड व्यवस्थापन उप समिति सदस्य गोपाल प्रसाद गौतम, चितवन जिल्ला समन्वय समिति सदस्य कृष्ण अधिकारी र चितवन जिल्ला समन्वय समिति शाखा अधिकृत बद्रीनाथ सापकोटाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिम सहजीकरण प्रमुख प्रशिक्षक प्रधुमन घिमिरे र सहायक प्रशिक्षक आन्तरीक राजश्व कार्यालय प्रमुख शुभ प्रसाद रिजाल र कर अधिकृत गोपिकृष्ण पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षकहरुबाट बचत तथा ऋण सहकारी संस्थाहरुमा शंसोधित कर दायरा, रोजागारदाताहरुका लागि अनिवार्य स्थायी पान नंम्बर, कर पाउनुपर्ने, इ टिडिइस सम्बन्धी जानकारीहरुमा सम्पूर्ण सहभागी साथीहरुलाई स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा संघका सञ्चालक सदस्य तथा अध्यक्षता गर्नुहुने भरत प्रसाद दवाडी र प्रमुख अतिथि कृष्णप्रसाद डल्लाकोटीले सहकारी संस्थाहरुमा संशोधित करको विषयमा धेरै दुविधा भएका हुँदा आजको कार्यक्रम यस विषयमा उपलब्धीमूलक रहेको बताउनुभयो ।

फिल्ड व्यवस्थापन उप समिति सदस्य गोपाल प्रसाद गौतमले सहभागीहरुको सक्रियताले तालिम उपलब्धिमुलक भएको बताउँदै साकोस सञ्चालनमा करका विषयमा भएका द्विविधाहरु समापन भएको जानकारी गराउनुभएको थियो ।

Source link

Loading...

Leave a Reply