इटालियन पेस्तोलसहित मित्रनगरको गेस्टहाउसबाट तीनजना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको मित्रनगर नयाँ बसपार्कस्थित एक होटलबाट इटालियन अटोमेटिक पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी महेश थापा नेतृत्वको टोलीले गोङ्गबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पिस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको हो । महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाइएको छ

Source link

Loading...

Leave a Reply