तरकारी बजार कब्जा गर्न खोजकाे भन्दै स्थानीय आक्रोसित

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ स्थित लामो समयदेखि लाग्दै आएको तरकारी बजारको ठेक्का विवादमा परेको छ।उक्त तरकारी बजार स्थानीय स्वस्थानी युवा क्लबले विगत १३ बर्षदेखि ठेक्का लगाउँदै आएको छ। यस वर्ष पनि क्लवले असारको अन्तिम साता नै ९ लाख २५ हजारमा ठेक्का लगाइसक्यो। तर वडा नम्बर ५ मा रहेको क्षिरेश्वर जनता माध्यमिक विद्यालयले त्यही बजार ठेक्का लगाउने सूचना निकालेपछि स्थानीय आक्रोसित बनेका छन्।स्थानीयले बैठक बसी कुनै पनि हालतमा तरकारी बजार विद्यालयलाई ठेक्का लगाउन नदिने निर्णय गरेका छन्।

Source link

Loading...

Leave a Reply