मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फेरेन्समा सम्बोधन गर्ने

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाटै भिडियो कन्फेरेन्समा सम्बोधन गर्ने भएका छन् ।

मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीले उतैबाट भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्री सहभागी हुने बताइएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो । प्रधानमन्त्री ओलीलाई गत बिहीबार उपचारका लागि केहीसाताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो । यो उपचार प्रक्रिया अरु केही पटक गरिने बताइएको छ । त्यसअघि उनी १० दिन सिंगापुरमा उपचारका लागि गएका थिए ।

प्रकाशित मितिः २०७६ भदौ ९ सोमबार

Source link

Loading...

Leave a Reply