भक्तपुर । थिमी नगरपालिका वडा नम्वर १ मनोहरा किनारमा विश्वकर्मा मन्दिर अनावरण गरिएको छ ।
विश्वकर्मा पुजाको अवसर पारेर मनोहरा किनारमा विश्वकर्मा मन्दिरको अनावरण एवं मुर्ती स्थापना साथै प्राण प्रतिस्थापन गरिएको मनोहरा स्थित प्रगती नगर समग्र विकास समितिका अध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए ।
करिव दुई साता अघी उहाँकै हात बाट शिलान्यास भएको विश्वकर्मा मन्दिरमा विश्वकर्मा पुजाका दिन मुर्ती स्थापना गर्दै धुमधामका साथ श्रेष्ठबाटै अनावरण भएको हो । मुर्ती अनावरण तथा प्राण प्रतिस्थापन कार्यक्रममा मनोहराबासिको बाक्लो उपस्थिती रहेको थियो ।
मन्दिरमा मुर्ती स्थापना एवं प्राण प्रतिस्थापन गर्दै समितिका अध्यक्ष शैलेस श्रेष्ठले मनोहरामा विश्वकर्माका उपासक भएपनि यहाँ विश्वकर्माको मन्दिर भने थिएन । आफूहरुको पहलमा मनोहरा किनारमा विश्वकर्मा मन्दिर दुई साता मा नै बनेर तयार भएकोमा सहयोग गर्नुहुने सम्पूर्णमा उनले धन्यबाद समेत दिएका थिए । आफ्नो धर्मको रक्षा आफैले गर्नु पर्छ साथै आफूले गर्ने कामको सम्मान गर्दै मनोहरा किनारमा बस्नेहरुको अधिकाँसको काम भनेको विश्वकर्मा सँग नै सम्वन्धित भएका कारण आफूहरुले बाबा विश्वकर्माको मन्दिर स्थापना गरी पुजा आजा गरेको श्रेष्ठले बताए ।
मन्दिर निर्माणमा स्थानीय युवा समाजसेवीहरुको सहयोग रहेको थियो ।

Loading...

Leave a Reply