अनिल श्रेष्ठ
भक्तपुर । भक्तपुरमा आयोजित एक कार्यक्रम विच गायका तथा नायिका सुनिता लुङ्बाको गाउन मन लाग्यो मलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
भक्तपुरको सूर्यविनायकमा एक कार्यक्रम बिच उनको उक्त गीत सार्वजनिक भएको हो ।
उक्त गीतको शव्द साङ्गे ब्लोन , संगीत विश्व दोङ , श्वर सुनिता लुम्बा , छायांकन सूर्य लामाले गर्नुभएको हो भने गीतको निर्देशन भने प्रतिक ङ्यासुरले गर्नुभएको हो । यस्तै गीतमा मोडलका रुपमा स्वयम गायिका सुनिता लुङ्बा सन्दिप स्याङतान रहनु भएको छ ।
निकै नै कर्णप्रिय उक्त गीतको छायांकन भक्तपुरका विभिन्न स्थानमा गरिएको थियो ।
गीत सार्वजनिक कार्यक्रमको संचालन भने गीतकार एवं पत्रकार सुदिन लामाले गर्नुभएको थियो ।

लुङ्बाको उक्त गीत रोशी गाउँपालिकाका अध्यक्ष डी बी मोक्तान, नेपाल राष्ट्रिय घेदुङका महासचिब प्रविन बल , तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर , तामाङ कलाकार संघका अध्यक्ष सञ्जीब वाइवा लगाएतका विभिन्न अतिथिहरुले एकै पटक सार्वजनिक गरेका थिए ।
कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डी बी मोक्तानले लुम्वालाई भावी दिनका लागि शुभकामना दिदै गीत संगीतका माध्यमबाट नेपाली कला संस्कृति र परम्परा जोगाउन योगदान दिनुहुने लम्वाको प्रशंसा गर्नुभएको थियो ।
लुङ्बाको यो दोस्रो प्रस्तुती हो ।

Loading...

Leave a Reply