भक्तपुर । वायुसेवा निगमका पूर्वमहाप्रबन्धक रामाज्ञ चर्तुवेदि २०५८ सालमा उनी तात्कालिन वायूसेवा निगमका अध्यक्ष रहेका थिए । उनी भ्रष्ट्राचार मुद्धा एवं अकुत सम्पत्ति जोडेको आरोपमा अख्तियार अनुसन्धान आयोग लगायतका संस्थाले उनलाई पक्राउ गरेको थियो । उनी विरुद्ध लागेको मुद्धा प्रमाणित हुँदा उनलाई नेपाल इन्जिनियरिङ कलेजको नाममा रहेको जमिन एवं भौतिक संरचना धरौटी राखी जेल मुक्त गरेको खुल्न आएको छ । कुनै पनि सामाजिक संस्था वा सरकारी जग्गा धरौटी राख्न पाईदैन भन्ने नेपालको कानूनमा उल्लेख छ । यदि कसैले सरकारी जग्गा वा सामाजिक संस्थाको जग्गा धरौटी राख्छ भने यो सरासर किर्ते ठहर्ने हुन्छ । निजी लगानीमा नेपाल इन्जिनियरिङ कलेजको नाममा जग्गा खरिद गरी संचालित भएको कलेजका कारणले दिपक भट्टराईले नै आफ्ना सँगै पढने साथीलाई जेल मुक्त गर्न उक्त कलेजको सम्पत्ति धरौटी राखेको खुल्न आएको छ । तत्कालिन कार्यकारी प्राचार्य दिपक भट्टराई निज चतुर्वेदिको सहपाठी भएको कारण उनलाई जेल मुक्त गर्न उक्त कलेजको निजी सम्पत्ति धरौटी दिएको समेत बुझिन आएको छ । सो हाल सम्म पनि अदालतमा रोक्काको अवस्था मै रहेको जानकारीमा आएको छ । यदि सामाजिक संस्था भएको भए कसरी सामाजिक संस्थाको सम्पत्ति धरौटी राखिने अवस्था हुन्थ्यो ।

१८ बर्ष अगाडी देखि धरौटीमा राखिएको उक्त जग्गा हाल सम्म पनि रोक्का नै छ । सामाजिक संस्थाको जग्गा धरौटीमा राख्न पाईदैन केवल निजी संस्थाको जग्गा मात्र धरौटी राख्न पाउने नियम छ, तथापी चतुर्वेदि भने हाल पनि कलेज सामाजिक हो भन्दै दिपक भट्टराईको पिठ्युँ चढेर नै गलत प्रचारबाजी गर्दै हिँडेको हामी पाउँछौं ।

नेपाल इन्जिनियरिङ कलेज सामाजिक संस्था नभएको कारणलेनै चर्तुवेदिको एक घुस काण्डको व्यवस्थापन गर्न उक्त कलेजको जग्गा एवं भौतिक सम्पत्ति धरौटीमा राखि रिहा गराउन तत्कालिन कलेजका प्राचार्य दिपक भट्टराई सफल भएका थिए । यो तथ्यलाई बिर्षेर उक्त कलेजलाई सामाजिक संस्था भन्दै राग अलापी राखेका छन ।

निज चतुर्वेदि दिपक भट्टराईको लहैलहैमा लागेर निजले सत्य तथ्य कुरा लाई विर्सेर आफ्नो खुट्टमा आफै बन्चरो हान्दै छन् किनभने सामाजिक संस्था भएको भए अदालतमा धरौटी राख्ने अवस्था नै रहदैन भन्ने हेक्का सम्म नगरी कलेजलाई समाजिक सस्था बनाई हत्याउन उद्धत तथाकथित कोही गलत मनसाय बोकेका व्यक्तिहरु सँग हातेमालो गर्दै हिँडेका छन् । यस बाट निज चतुर्वेदिले आफनो हैसियत सम्म बुझन सकेका छैनन् ।

Loading...

Leave a Reply