मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा : कान्ति लोकपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका–७ न्युरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक जना घाइते भएका छन्। चौघडा बजारबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५९ प ५९२५ नम्बरको मोटरसाइकल  शुक्रबार राति अनियन्त्रित भई सडकपेटीको नालीमा खस्दा एक जनाको मृत्यु भएको र एकजना घाइते भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। मुत्यु हुनेमा गढी गाउँपालिका–३ मक्रानचुलीका २५ वर्षीय राजेश तिमल्सिना रहेका छन्।

Source link

Loading...

Leave a Reply