बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौं : भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वपक्षीय बैठक बोलाएका हुन्।सर्वदलीय बैठकमा पूर्व-प्रधानमन्त्रीहरु, पूर्व-परराष्ट्रमन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी छन्। भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन्।

Source link

Loading...

Leave a Reply