सर्लाहीमा साकोसहरुका लागि सफ्टवयर अभिमुखीकरण

कार्तिक २७, सर्लाही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) फिल्ड कार्यालय सर्लाहीको आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. रौतहटको व्यवस्थापन सहयोगमा सर्लाहीमा एक दिवसीय सफ्टवेयर अभिमुखीकरण कार्यक्रम कार्तिक २७ गते सम्पन्न भएको छ ।

अभिमुखीकरणमा सिन्धुली, बर्दिबास, सर्लाही र रौतहट जिल्लाका ५५ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रौतहट जिल्ला बचत संघका अध्यक्ष देवकी नेपालको अध्यक्षता र नेफ्स्कून फिल्ड कार्यालय सर्लाहीका व्यवस्थापन समिति सदस्य विभु कुमार पोख्रेल र हरेन्द्र राउतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सहभागी अतिथिहरुले साकोसको कारोबार सहजता र वित्तीय सुरक्षा एवं सुशासनका लागि सम्पूर्ण साकोसहरुले नेफ्स्कूनद्धारा प्रबर्द्धित लेखा सफ्टवयर नेकोस प्लस प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सहकारीको सम्पूर्ण वित्तीय व्यवस्थापनको लागि सक्षम सफ्वयरको रुपमा विकास गरिएको नेकोस प्लस सफ्टवयरको प्रयोगले सहकारीका आवश्यक प्रतिवेदन तयारी, मजबुद सुरक्षा प्रणाली मार्फत तथ्याङ्कको सुरक्षा सहज हुने विषयमा अभिमुखीकरणको क्रममा प्रष्ट पारिएको थियो ।

कार्यक्रम सहजिकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नु भएको थियो भने व्यवस्थापन सहयोग फिल्ड कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply