मकवानपुरमा साकोसहरुका लागि सदस्य केन्द्रीयता सूचांक मापन अभिमुखीकरण

मंसिर १७, मकवानपुर । नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा आज हेटौंडामा साकोसहरुका लागि सदस्य केन्द्रीयता सूचांङ्क मापन अभिमुखीकरण सम्पन्न भएको छ ।

सहकारीका सदस्यहरुको मूल्यांकन सदस्यहरुको उन्नयनमा आधारित हुनेहुँदा सहकारीले जहिल्यै पनि सदस्यलाई केन्द्रमा राखेर व्यवहारोपयोगी कार्य गर्नुपर्छ, जुन सहकारीको सिद्धान्त, नीति, विधि र प्रविधियुक्त हुनुपर्छ भन्ने विषयलाई कार्यक्रममा जोड दिइएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कून चितवन क्षेत्रीय कार्यालय प्रमुख केशव प्रसाद दहालले गर्नुभएको थियो ।

संघका फिल्ड व्यवस्थापन उपसमिति सदस्य बिरेन्द्र ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका उपाध्यक्ष मिना चौरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट सञ्चालक समिति र व्यवस्थापक गरी ५६ जनाको सहभागिता रहेको थियो ।

Source link

Loading...

Leave a Reply