स्वर्ण जित्ने अवसरबाट चुक्यो महिला भलिबल टोली, भारतसँग पराजित

काठमाडौं : १३ औं सागमा नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेको छ। बलियो प्रतिद्वन्द्वी भारतसँग ३-२ को सेटमा पराजित भएपछि नेपाल रजतमै सीमित भएको हो। त्रिपुरेश्वरस्थित कभर्डहलमा महिला भलिबलको स्वर्ण भिडन्तमा नेपाली टोलीले दोस्रो सेट बराबरी गरेको छ। कडा प्रतिस्पर्धाबीच पहिलो सेट नेपाली खेलाडीले निक्कै मेहेनत गरे। पहिलो सेट गुमाएको नेपाल दोस्रो सेटदेखि खेलमा फर्किएको थियो। दोस्रो सेटको १२ औं अंकदेखि १७ अंकसम्म बनाउँदा बराबरीको स्थिति थियो ।

Source link

Loading...

Leave a Reply